सरकारको लापरवाहीले अक्सिजन अभावसँगै मृतकको संख्या बढ्यो :सभापती देउवा



कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढेको आरोप लगाएका छन ।

इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ईद उल फित्रका अवसरमा शुभकामना दिँदै उनले महामारीबाट बच्न सरकारको मात्रै भर गर्नु भन्दा नागरिक आफैँ पनि सचेत हुन आह्वान गरेका छन्।ईद उल फित्रका अवसरमा शुभकामना दिँदै सभापती देउवाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन आग्रह गरेका छन् ।

देउबाले इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताउँदै उनले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन्।

प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार  ४ : ३८ बजे