कांग्रेसले सत्ताकालागी संयमता र नैतिकता गुमाउदैन : प्रदिप पौडेल



काँग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले पछिल्लो समय कांग्रेस नेतृत्वमा सरकार नबन्नुलाई हारका रुपमा नलिन आग्रह गरेका छन ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन ।

उनले जनताले ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएको भए पनि कम्युनिष्ट पार्टीभित्रको अराजनीतिक, अलोकतान्त्रिक र मर्यादाहीन लुछाचुँडीले गर्दा वैकल्पिक सरकारको लागि पहल गर्नुपरेको बताएका छन् ।

सरकार बनाउने पहल गर्नु स्वभाबिक भन्दै पौडेलले राजनीतिक संस्कार कायम राख्दै लोकतन्त्र, संविधान र जनताका लागि जस्तोसुकै लडाइँ लड्न काँग्रेस तयार रहेको पनि उल्लेख गरेका छन ।

पौडेलको फेसबुक स्टाटस –

हामीलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्ने मेण्डेट दिएका थिए । हाम्रो चाहनापनि त्यही थियो । तर कम्युनिष्ट पार्टी भित्र भएको अराजनैतिक, अलोकतान्त्रिक र मर्यदाहिन लुछाचुँडीले गर्दा देशको अवस्था तरल बन्दै गयो । राजनैतीक कुसंस्कार, भ्रष्टाचार, महङ्गी, कालोबजारी, बलात्कार, जस्ता जघन्य अपराध बढ्ने श्रृखला झन् झन् मौलाउँदै गयो । संविधान मिच्ने देखि संसद विघटन गरेर जनमतको अपमान गर्ने सम्मको दुस्साहस ओली नेतृत्वको कम्युनिष्ट सरकारले गर्यो । उनीहरूको आन्तरिक लडाइँ र सत्ता हत्त्याउने खेलले देश बर्वादितिर धकेल्दै गएपछि नेपाली कांग्रेसले बारम्बार खबरदारी गर्दै आएको थियो ।
तर यो बेला सम्म आईपुग्दा उनीहरू आफ्नै कारणले नेतृत्वकाे विश्वास गुमाउन पुगे ।

अर्कोतिर कोभीड महामारीले देश थिलथिलो हुँदा पनि जोखिम कम गर्न भ्याक्सिन उपलब्ध गराउन सकेन । कमिसनको खेल र अनियमितता गर्नेलाई कुनै कार्वाही गर्न सकेन । स्वास्थ्य क्षेमता वृद्धि गर्न सकेन । महामारी नियन्त्रण गर्न सकेन। सबै क्षेत्रमा चुकेको सरकार लम्पसार परेपछि कांग्रेस सङ्ग गुहार माग्दै आयो। देश नेतृत्व विहिन हुन दिनुहुँदैन भनेर हामीले अग्रसरता देखायौं । हामीले आफूलाई कुनै उत्तेजक बनाएनौं । नेतृत्व लिनुपर्ने स्थिति आयो, हामीले पहल गर्यौ । परिस्थिति फरक बन्यो । ज स पा र माधव नेपाल समुहले कुनै हिम्मत देखाउन सकेन । हामी लोकतान्त्रिक मुल्य मान्यताका आधारमा अघि बढिरहेका छौ । हामीले संयमता र नैतिकता गुमाएनौं ।नेपाली काँग्रेस संविधान प्रति प्रतिवद्ध छ। हामी सङ्ग राजनैतिक संस्कार छ । लोकतन्त्र, संविधान र जनताका लागि जस्तो सुकै लडाइँ लड्न तयार छौं । हाम्रो लडाई सधैं विवेकपूर्ण र संयमित हुन्छ । हामीले हारेका छैनौँ ।

प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार  ७ : ०६ बजे