प्रधानमन्त्री ओलीले पुन: शपथ ग्रहण गरेका छन राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी सामु पद तथा गोपनियताको शपथ लिएका हुन्।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।
बिहिबार तोकिएको समय भित्र बहुमतीय सरकारको लागी दलहरु बीच सहमति नजुटेपछि राष्ट्रपति बिद्यादेबी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठुलो दल नेकपा एमाले संसदीयदलका नेता केपी ओली लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ।








