कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् ।शुक्रबार नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले यस्तो ब ताएका हुन ।
प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौ संसय उब्जाएको उनले बताए ।
पौडेलले भने ” उनले अझै पनि संसद विघटन गर्ने प्रयत्नै अझै पनि जारी नै छ, ‘झन रहस्यमय बाटो तिर जादै छ । धेरै संसयका कुराहरु छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन ।’








