जेठमा हुने भनिएको राप्रपाको महाधिवेशन स्थगित



पछिल्लो समय बढेको कोरोना माहामारिका कारण राप्रपाको यही जेठमा हुने भनिएको महाधिवेशन स्थगित् भएको छ । अध्यक्ष कमल थापाले कोभिड १९ को महामारी भयावह बन्दै गएकोले महाधिवेशन हाललाई स्थगित् गरिएको जानकारी दिएका छन् ।

राप्रपा अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र डा । प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो । कोभिडको कारण घोषित महाधिवेशन स्थगित् भएको हो । र, महाधिवेशनको नयाँ मिति पनि उपयुक्त समयमा घोषणा गरिने जनाईएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार  १२ : ४७ बजे