अधिवक्ता चन्द्रकान्त ज्ञवालीले गत शुक्रबारको प्रधानमन्त्री केपी शर्मा ओलिको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका छन ।रिटमा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको छ।
प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रहण गराएको शपथ कुन कानुनअनुसार हो, त्यो पनि हालसम्म प्रष्ट नभएकाले त्यसको जानकारी सार्वजनिक रुपमा गराउन राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयसँग जवाफ माग्न पनि रिटमा मागदाबी गरिएको छ।
शुक्रबार प्रधानमन्त्री ओलिले सपथ लिदा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्याएकी थिइन्। ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाए। उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन्।
ओलिले लिएको उक्त सपथ आम नागरिकको बिचमा बिबादित बनिसकेको छ ।उक्त शपथलाई लिएर राष्ट्रपति बिधा भण्डारी र प्रधानमन्त्री ओलिको आलोचना भएको छ भने व्यंग्य पनि उत्तिकै भएको छ ।
ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन्। त्यसप्रती पनि आम नागरिकाकाले सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन ।कानुनी क्षेत्रका बिज्ञहरुले समेत प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्रपतिको समेत मानमर्दन गरेको धारणा सार्बजनिक गरेका छन ।








