मन्त्रिपरिषद् बैठक बस्दै



मन्त्रीपरिषद बैठक बस्न लागेको समाचार प्राप्त भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

आजको बैठकमा कोरोना महामारी नियन्त्रणका लागि भएका प्रयास लगायत बिभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

साथै, सीसीएमसी र डीसीएमसीले गरेका सिफारिस सम्बन्धि पनि आजको बैठकले निर्णय लिन सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०७८ सोमबार  १० : ५१ बजे