भारतले लगायो प्लाज्मा थेरापिबाट उपचारमा रोक



भारतमा कोरोनाको उपचारका लागी अहिलेसम्म अपनाइएको  प्लाज्मा थेरापी  बिधिलाई बन्द गरिएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन । इन्डिएन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले सोमवार रातिदेखी कोरोना उपचारको क्लीनिकल गाइडलाइन्समा फेरबदल गर्दै प्लाज़्मा थेरापी बिधिबाट गरिने उपचार बन्द गर्न निर्देशन गरेको हो ।

आईसीएमआरले गत साल ४०० बिरामिहरुमा गरेको परिक्षणले प्लाज़्मा थेरापीले बिरामिलाई कुनै फाइदा नपुर्याउने पत्ता लगाएको  थियो । प्रभाबकारी नभएपनी प्लाज्मा थेरापिबाट हालसम्म उपचार जारी राखिएको अवस्थामा प्लाज़्मा थेरापीबाट गरिने उपचारले बिरामिमा सुधार ल्याउने कुनै प्रमाण नभेटिएको भन्दै आईसीएमआरले उक्त उपचार बिधी बन्द गराएको हो ।

भारतमा आईसीएमआरका नेशनल टास्क फ़ोर्स तथा स्वास्थ्य मन्त्रालयका विशेषज्ञहरुले कोरोनाको समय समयमा कोरोना सङ्क्रमणको उपचार सम्बन्धी गाइडलाइन अपडेट गर्ने गर्दछन ।उक्त गाइडलाइनलाई भारतका सबै रजिस्टर्ड चिकित्सकहरुले अनिबार्य पालना गर्नुपर्ने प्राबधान रहेको छ ।

अन्तर्राष्ट्रिय  स्तरमा गरिएका कयौ परीक्षणमा पनि प्लाज़्मा थेरापीले बिरामिलाई सहयोग पुर्याएको कुनै प्रमाण हालसम्म नभेटिएको बताइएको छ ।५००० कोरोना सङ्क्रमितहरुको परीक्षणका आधारमा बिश्व प्रसिद्द मेडिकल जर्नल लासेन्टमा छपिएको रिसर्चले पनि प्लाज़्मा थेरापी कोविड-१९ को उपचारमा प्रभाबकारी नभएको बताएको थियो ।

प्रकाशित मिति : जेष्ठ ४, २०७८ मंगलबार  ६ : ४३ बजे