मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गड्डाचौकी नाकाका अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा आए



भारतबाट आउने नेपालीहरूका लागि गड्डाचौकी नाकामा निर्माण गरिएको एक हजार जना बस्न मिल्ने व्यवस्थित अस्थायी होल्डिङ क्वारेनटाइन सञ्चालनमा आएको छ ।सुदूरपश्चिमका ९ वटै जिल्ला र अन्य जिल्लाका लागि गरी छुट्टाछुट्टै रुपमा नै व्यवस्थित गरी निर्माण गरिएको होल्डिङ्ग क्वारेनटाइन आजदेखि सञ्चालन गरिएको हो । भीमदत्त नगरपालिका, निड्स नेपाल र श्रीदल गण भगतपुरको सहकार्यमा होल्डिङ्ग क्वारेनटाइन निर्माण गरिएको हो ।

वैशाख २० गतेदेखि निर्माण कार्य सुरु गरिएता पनि दुवै पटक हावाहुरीका कारण क्षति हुन पुगेको थियो । अहिले अस्थायी रुपमा व्यवस्थित तरिकाले निर्माण गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनुभयो ।

श्रीदल गण भगतपुरका सेनानी प्रतीक कार्कीका अनुसार भीमदत्त नगरपालिकाले ग्राभेल, बाँस, तथा निड्स नेपालले त्रिपाल, कुर्सी, खानेपानी, शौचालय लगायतका अन्य निर्माण सामग्री सहयोग गरेको छ ।
गड्डाचौकी नाका भएर भित्रिने नेपालीहरूका लागि नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था भीमदत्त नगरपालिकाले मिलाएको छ ।

नाकामै हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन विधिबाट परीक्षण सम्बन्धित स्थानमा पठाउने गरिएको छ । एन्टिजेन पोजेटिभ आएकाहरूलाई आइसिएचको भवनमा राख्न गरी तयारी गरिएको छ । मौसम प्रतिकुलताले होल्डिङ्ग निर्माणमा ढिलाइ भएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।उहाँले स्थायी प्रकृतिको होल्डिङ्ग सेन्टर निर्माणको योजनामा नगरपालिका लागेको बताउनुभयो । हाल गड्डाचौकी नाकाबाट दैनिक १ देखि २ सय जना नेपालीहरू भित्रिने गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ३ : ४६ बजे