काँग्रेस सभापती शेर बहादुर देउबाले पछिल्ला राजनितिक घटनाक्रमहरुका बारेमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएका छन ।
बैठक शुक्रवार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दै छ ।
राष्ट्रपतिबाट संविधानको व्यवस्था विपरीत गएर नयाँ सरकार गठनका लागि आह्वान गरिएपछि छलफलका लागी देउबाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन । ।
बैठकले संविधानको धारा नाघेर धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान भएको अवस्थामा नयाँ रणनीति बनाउने बताइएको छ।
कांग्रेसका नेताहरुले राष्ट्रपतिले संविधानको हत्या गर्न खोजेको प्रतिक्रीया दिइ सकेका छन भने पार्टिको संस्थागत धारणा आउन बाकी छ ।








