लौरो उभ्याएर भए पनि तत्काल वैकल्पिक सरकार दिऊँ: बाबुराम भट्टराई



पूर्व प्रधानमन्त्री एबम जसपा संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराइले तत्काल वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन ।

राष्ट्रपतिले नयाँ सरकार गठनको लागि धारा ७६ को ५ प्रयोग गर्दै बिहिबार साँझ ५ बजेसम्मको समय निर्धारण गरेपछी भट्टराइले सामाजिक सञ्लाई ट्विट्टरमार्फत लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ भन्दै आग्रह गरेका हुन ।

भट्टराइले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न सबैले आवश्यक त्याग गर्नुपर्ने उल्लेख गरेका छन ।

संसद, संविधान र लोकतन्त्र रक्षा गर्न जे गरेर हुन्छ त्यही गरेर वैकल्पिक सरकार दिनुपर्ने भट्टराईको भनाइ छ ।

पछिल्लो समय जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन जसपाले प्रयास गरिरहेको बेला भट्टराइको यस्तो भनाइ सार्बजनिक भएको हो ।

राष्ट्रपतिले नयाँ सरकार गठनको लागि धारा ७६ को ५ प्रयोग गर्दै बिहिबार साँझ ५ बजेसम्मको समय निर्धारण गरेकी छिन ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ३ : २७ बजे