प्रचण्ड र माधव नेपाल देउवा निबास बूढानीलकण्ठमा :छलफल जारी



नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधवकुमार नेपाल छलफलका लागी काँग्रेस सभापति शेरबहादुर देउवाको निबास बूढानीलकण्ठ पुगेका छन् ।

सभापती देउबाले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र उपेन्द्र यादव लगायतलाई पनि बोलाएका थिए ।

देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु अब के गर्ने भन्ने छलफलमा जुटेका छन् ।अहिले नेताहरुबिच छलफल चलिरहेको बताइएको छ ।

यसअघी आजै बसेको काँग्रेस पदाधिकारी बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गर्दै नयाँ सरकार गठन र राष्ट्रपतिमाथी महाअभियोगबारे सबै बिपक्षी दलसग छलफल थाल्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ६ : ३५ बजे