सभापती देउवाको नेतृत्वमा सरकार बनाउन १४९ सांसदको हस्ताक्षर सहित नेताहरु शीतलनिबासमा



राष्ट्रपतिको अह्वान अनुसारको संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने बहुमत सांसदको हस्ताक्षर जुटेसँगै काँग्रेस सभापति देउबासहित विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् ।

प्रधानमन्त्री ओलिको बिपक्षमा रहेका काँग्रेस सहितका बिपक्षी दलको आज बिहानदेखिको बाक्लो छलफल र भेटघाटमा सभापती देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमती जुटेसगै  नयाँ सरकार गठनका लागि सांसदको हस्ताक्षर जुटाएका हुन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेको माधब नेपाल समुहबिच बीच सिंहदरबारमा भएको छलफल पछी देउबा नेतृत्वको सरकार गठनका लागी १४९ जना सांसदको हस्ताक्षर सहित नेताहरु सितल निबास लागेका हुन ।

सभापती देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका माधब नेपाल सहितका २७ सांसदले हस्ताक्षर गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएपछि बिपक्षी दलहरुले छलफल र भेटघाट तिब्र बनाएका थिए ।

थुप्रै बिकल्पहरुमा छलफल गरिएको भएपनी अन्तिममा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने सहमती भएको बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ९ : ४७ बजे