जालझेल र षड्यन्त्र गरेर संविधान सिध्याउन खोज्ने तानाशाहालाई जनताले पराजित गर्नेछन : प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी लोकतान्त्रको हत्या गर्ने ग्राण्ड डिजाइनमा लागेको दाबी गरेका छन ।

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा संसद बिघटन गरिएपछी सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै उनले यस्तो दाबी गरेका हुन ।

माहामारीको आतंक फैलिरहेको विषम परिस्थतिमा जनताप्रति उत्तरदायी नभई रातारात प्रतिनिधी सभा विघटन गर्ने दुस्साहस अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक भएको पौडेलको भनाइ छ ।

जालझेल र षड्यन्त्र गरेर संविधानको बर्खिलाप काम गर्ने तानाशाहरुलाई जनताले पराजित गर्ने पनि उनले उल्लेख गरेकाअ छना ।

संविधान र लोकतन्त्रकाे रक्षा गर्दै जनताको जीवन रक्षाको लागि एक जुट भएर लड्नपनी उनले आग्रह गरेका छन ।

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  ५ : २४ बजे