संसद विघटनबिरुद्द १४९ सांसदको हस्ताक्षरसहित बिपक्षीदलहरु सर्वोच्च जाने



प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटनबिरुद्द नेपाली कांग्रेस लगायतका विपक्षी दलहरु अदालत जाने भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षको आज बसेको बैठकले १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्च जाने निर्णय गरेको हो ।

बहुमत संसदसहित नयाँ सरकारको दाबी  गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

बिपक्षिहरुको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने उद्घोष गरेको छ ।

नेपाली कांग्रेसले यसाघिनै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रीक ठहर गर्दै राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिको संविधान उलङ्घनको पछिल्लो शृङ्खलालाई कानुनबिदहरुले समेत असंवैधानिक भनेका छन भने सामाजिक सञ्जालमा प्रधानमन्त्री र राष्ट्रपतिको चर्को आलोचना शुरु भएको छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  ८ : २६ बजे