लोकतन्त्रको धज्जी उडाउनेहरुले घुँडा टेक्ने निश्चित छ: अध्यक्ष बस्नेत



नेपाल तरुण दलले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यराती गरिएको संसद विघटन असंवैधानिक, संविधानको मर्म र भावना बिपरित भएको जनाएको छ ।

दलका अध्यक्ष जित जङ्ग बस्नेतले बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको हर्कतले सिंगो नेपाली जनता र व्यवस्था माथिनै घात भएको छउल्लेख गरेका छन ।

बिज्ञप्तिमा व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनताको सामु घुँडा टेक्ने दिन धेरै टाढा नभएको दाबी गरिएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरुद्धमा एकजुट हुन पनि तरुण दलले बिज्ञप्तिमार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  ९ : २८ बजे