मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता भेसराज आचार्यद्वारा इलाम अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग



इलाम कांग्रेसका नेता भेसराज आचार्यले इलाम अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेका छन । सदरमुकाममा रहेको जिल्लाकै एकमात्र ५० शैयाको अस्पताललाई पन्द्र थान अक्सिजन ग्यास भरिएको सिलिण्डर उपलब्ध गराएका हुन ।

आईतबार अस्पातलमा नै पुगेर नेता आचार्यले अस्पातलका प्रमुख प्रभु शाह र ब्यब्स्थापक क्षितिज खतिवडालाई उक्त सामाग्री हस्तातरण गरेका हुन ।  अक्सिजन सिलिण्ड हस्तातरण पछी आचार्यले भने ” कोरोना भाईरसका कारण यो बिशम परिस्थितीमा बिरामी हुँदा इलामका नागरिकहरुलाई उपचारमा केही हद सम्म भएपनी यस्ले ठुलो मद्द्त मिल्ने भएकाले उपलब्ध गराएको हुँ । यो सानो सहयोग अहिलेको अवस्थामा अस्पतालका लागि ठुलो हुने छ । ” आचार्यले यो मात्र नभएर इलामका नागरिकलाई जस्तोसुकै परिस्थितीमा समेत सहयोग गरिरहने बताएका छन ।

करिब तिन लाख मुल्य बराबरको उक्त सामाग्री अनुसन्धान तथा बिकास नेपाल सस्था मार्फत खरिद गरेर ल्याइएको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ६ : ०३ बजे