देउवाको पक्षमा थपिए सांसद : माधव नेपाल पक्षका ३० सांसदले गरे हस्ताक्षर (सुची सहित )



एमालेको माधव नेपाल पक्षका ३० सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै हस्ताक्षर गरेका छन् ।यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका थिए । हिजो २१ सांसदले हस्ताक्षर गरेकोमा आज थप ९ सांसदले हस्ताक्षर गरेको बताइएको छ ।

विपक्षी दलका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्न माग गर्दै सांसदहरुको हस्ताक्षर सहित सर्बोच्चमा रिट दर्ता गर्दैछन ।

बिपक्षी दलहरुले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध सर्बोच्च अदालत जाने निर्णयसगै बिपक्षी सांसदहरुको सह्ताक्षर र नागरिकता संकलन गरेको थियो ।

यस अघी बैठक बसेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले सांसदहरुलाई नागरिकतासहित उपस्थित निर्देशन दिएका थिए ।

हस्ताक्षर गर्ने माधव नेपाल पक्षका सांसदहरु

विरोध खतिवडा

जीवनराम श्रेष्ठ

घनश्याम भुसाल,

सोमप्रसाद पाण्डे

कृष्णलाल महर्जन

झपट रावल

निरादेवि जैरू

सरला यादव

कल्याणी खड्का

लक्ष्मी चौधरी

माधव नेपाल

भीम रावल

कलिला खातुन

रामकुमारी झाँक्री

झलनाथ खनाल

पुष्पा कर्ण कायस्थ

भवानी प्रसाद खापुङ

यज्ञ सुनुवार

पवित्रा निरौला

मुकुन्द न्यौपाने

मेटमणि चौधरी

दिपक प्रकाश भट्ट

नारायण खतिवडा लगायत

प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार  ६ : २६ बजे