प्रतिनिधि सभा विघटनको विरोधमा देशैभर प्रदर्शन गर्न तरुण दलको निर्देशन



नेपाल तरूण दलले देशैभर प्रदर्शन गर्ने भएको छ ।

अध्यक्ष जित जङ्ग बस्नेतले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको विरोधमा देशैभर प्रदर्शन गर्न दलका सबै जिल्ला समितिहरुलाई परिपत्र मार्फत निर्देशन दिएका हुन ।

स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर प्रदर्शन गर्न ७७ वटै जिल्ला अध्यक्षहरूलाई परिपत्र गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले षड्यन्त्रपूर्वक प्रतिनिधि सभा विघटन गरेकोले महामारीका बीच पनि प्रदर्शन गर्न आफूहरू बाध्य भएको अध्यक्ष बस्नेतको भनाइ छ।

प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार  ४ : २६ बजे