बारीष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेकोले प्रधानमन्त्रीलाई अदालतमा उपस्थित गराउन पुर्जी काटिनुपर्ने माग गरेका छन ।
अधिबक्ता त्रिपाठीले सर्बोच्चमा दायर गरेको रिटमा बहस गर्दै सर्बोच्च अदालत आफैले गरेको पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेकोले उल्लेख गरे ।
उनले बहसका क्रममा भने ।‘विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ ? पहिले प्रधानमन्त्रीको पद खाली गर्नुपर्छ । पद खालि नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानूनी मान्यता पाउन सक्दैन’ ।








