मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नायिका प्रियंका कार्कीको आक्रोश : यस्तो महामारिमा चुनाबका लागी ४० अर्ब खर्च ?



नायिका प्रियंका कार्कीले महामारिको समयमा देश र जनतालाई चुनाव नचाहिएको बताएकी छन् उनले उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएकीहुन ।उनले दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको, अस्पताल, अक्सिजन र भेन्टिलेटरको अभावमा जनताले भोगेका दुख पाइरहेको समयमा अरबौँ खर्च गरेर चुनाव गर्नु उचित नहुने समेत जिकिर गरेकी छन् ।

उनले उनले महामारीमा जनताको दुख नबुझेको भन्दै सरकारप्रति आक्रोशपुर्ण प्रश्न गर्दै भनेकी छन “अहिलेको नाजुक घडीमा ४० अर्ब चुनावमा खर्च गर्ने ? देश र जनतालाई साच्चै यही चाहिएको हो त यो समयमा ? बुझ पचाएर बस्ने ? अझै पनि आफूले आफुसँग नजर मिलाउन सक्छौ ? ए सरकार ? राति निन्द्रा राम्रो लाग्छ ? तिम्रो देश जलिरहेको छ। नेताहरू मरिरहेका छन्। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।”

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ७ : ५१ बजे