देउबालाई प्रधानमन्त्रीको प्रस्ताब गर्ने विपक्षी दलका सांसदहरुको रिटमा आज बहस हुने



सर्बोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि सुनुवाइ हुँदैछ। गत शुक्रबारबाट संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो ।संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ।

यसैबिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग सहित १४६ बिपक्षी सांसदले हालेको रिटमा पनि आज सुनुवाइ हुदैछ ।उक्त रिटमा रिटमा मन्त्रिपरिषद्को सिफारिसमा कात्तिक २६ गते र मंसिर ३ गतेका लागि राष्ट्रपतिद्वारा घोषणा गरिएको चुनाव तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेशको माग गरिएको ।

त्यस्तै निर्वाचन आयोगलाई कुनै पनि चुनावी गतिविधि नगर्न र निर्वाचनसम्बन्धी कार्यक्रमसमेत प्रकाशन नगर्न अन्तरिम आदेश माग गरिएको छ भने  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्ति गर्न आदेश माग गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०७८ आइतबार  ३ : ४७ बजे