सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राखिएकोमा योगश भट्टराईले जनाए आपत्ति



सरकारले ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरणगर्ने सरकारको  निर्णयमा नेकपा एमालेका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता योगेश भट्टराईले नै आपत्ति जनाएका छन् । ताप्लेजुङबाट नै सांसद बनेका भट्टराईले विमानस्थल नामकरणको नाम नलिई आपत्ति जनाएका छन्। आइतबार उनले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्, ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ। यसरीमात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सहि प्रक्रियाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ।’

भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले बजेट वक्तब्य सार्वजनिक भएलगत्तै सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेकोमा आपत्ति जनाएका थिए।‘ताप्लेजुङको सुकेटार बिमानस्थलको नाम पो परिवर्तन गरेर रवीन्द्र अधिकारी विमानस्थल राखिएछ। कसरी, कहाँबाट कसलाई, के खाँदा आउँछ हौ यस्तो करोडौंको ठट्टा गर्ने ९कु०बुद्धि १ मेरो आदर्श मेरो आस्था मेरो विश्वास मध्येको एक स्व रवीन्द्र अधिकारी प्रति सम्मान होइन अपमान हो,’ गुरागाईंले लेखेका छन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमा सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङ छिरिङ शेर्पा विमानस्थल नामाकरण गरिने घोषणा गरेका थिए।

प्रकाशित मिति : जेष्ठ १६, २०७८ आइतबार  ४ : ५२ बजे