ओलिले बोलाए स्थायी कमिटी बैठक : नेपाल पक्षका नेतालाई कारवाहीको तयारी



प्रधानमन्त्री केपी ओलिले आज साँझ नेकपा (एमाले)को स्थायी कमिटी बैठक बोलाएका छन ।ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न साँझ ५ बजे आफ्नो निवास बालुवाटारमा बैठक बोलाएका हुन ।बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्ने र थप निर्णय लिने बताईएको छ ।यसअघिको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेको थियो ।

विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।उनिहरु कसैले पनि स्पष्टीकरणको जवाफ दिनुभएको छैन । यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको एमालेले आज थप नेतामाथि कारवाही अघि बढाउने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०७८ आइतबार  ८ : ४६ बजे