एमाले स्थायी कमिटी बैठक मंगलबारलाई सर्यो



नेकपा (एमाले)ले स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक भोलि बिहान ११ बजे मात्र बस्ने भएको हो ।एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए ।

यसअघि आइतबार साँझ ५ बजे तय गरिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो । बैठकमा यसअघी स्पस्टिकरण सोधिएका माधब नेपाल पक्षका नेताहरुलाई थप कारबाही गर्नेबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार  ३ : ५५ बजे