जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन । ठाकुर्, महतो र प्रधानमन्त्री ओलिबीच अहिले प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ ।
जनता समाजवादी पार्टी ओलि सरकारमा सहभागी हुने विषयमा छलफला चलिरहेको बताइएको छ ।जसपा सरकारमा जानेबारे यस अघिदेखिनै छलफल चलिरहेको छ ।प्रधानमन्त्री अोलीले पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेपछी जसपाको सरकारयात्रा टुङ्गो लाग्न सकेको छैन ।
सरकारमा सहभागिता लगायतका बिषयमा बिबाद बढेपछी जसपा नेपाल हाल फुटको नजिक पुगेको छ । उक्त दलका दुबै पक्षले एक अर्कालाई कारबाहिको तयारी गरिरहेका छन ।








