प्रधानमन्त्री एबम सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलिले पार्टी फुटनजिक पुगेपछि यदी फुटिहालेमा पार्टी बिभाजनको दोष माधब नेपाल समुहलाई आइलाग्ने गरी नयाँ रणनिती बनाएका छन ।
एक एमाले नेताका अनुसार देशभरिका पार्टी कार्यकर्ताहरुमा एकताको उच्च चाहना रहेकाले पार्टी भित्र अलोकप्रियता र आलोचनाको डरले ओलि सकेसम्म बिभाजनको दोष आफु लिन चाहदैनन्,त्यसैले समय समयमा आफु पार्टी एकताका लागी लचक भएको भन्दै माधब नेपाल समुहका माग पुरा गर्ने सन्देश आफ्ना बिस्वासिला नेताहरुमार्फत पठाइरहन्छन ।उनका अनुसार पार्टी बिभाजनको आगामी निर्बाचनमा त्यसको प्रत्यक्ष असर देखिने र बिभाजनको दोष आफुलाई आइलाग्ने कुराले ओलि भित्र भित्र चिन्तित छन ।
पार्टी बिभाजनको अन्तिम बिन्दुमा पुगेपछी ओलिले पुन : सर्वोच्च अदालतको फैसलापश्चात् ब्युँतिएको एमाले २ जेठ २०७५ कै बिन्दुबाट अघी बढाउन सकिने आसय ब्यक्त गरेका छन । एक एमाले नेताका अनुसार अब बिभाजन टार्न नसकिने निष्कर्षमा पुगेपछी ओलिले आफुलाई एकताका पक्षमा देखाउन र आफुमाथी आइलाग्ने बिभाजनको आरोपलाई पन्छाउन देखावटी रुपमा पछी हट्ने स्विकारोक्ती देखाएका हुन ।
यसअघी देखी नै फुटको बिन्दुमा पुग्दा लचकता अपनाएको देखाउदै माधब नेपाल समुहका नेताहरुलाई अल्मल्याउदै आएका ओलिको माधब नेपाल समुहलाई अल्मल्याउदै जाने र पार्टी बिभाजन भए त्यसको दोष माधब नेपाल समुहलाईनै थोपर्ने रणनिति छ ।
यसैबिच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता देखाइरहेका बेला भइरहेका छलफल र बैठकले एमाले भित्र नयाँ तरङ्ग सिर्जना गरेका छन ।एकता जोगाउने विषयमा दोस्रो तहका नेताबीच गम्भीर छलफलहरु चलिरहेका छन । शीर्षनेतालाई दबाब दिँदै उनीहरू पार्टी एकता जोगाउन अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
एकताका लागी ओली समूहबाट नेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहबाट घनश्याम भुषाल, सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेताको पटक पटक छलफल चलिरहेको छ ।युबा पुस्ताका नेताहरुले राजनितिक दबाब बढाउदै लगेपछी प्रधानमन्त्री ओलि सर्वोच्च अदालतको फैसलापश्चात् ब्युँतिएको एमाले २ जेठ २०७५ कै बिन्दुबाट सहमतिसाथ अगाडि बढ्न सर्तसहित तयार भएको एमाले निकट श्रोतले जनाएको छ ।
हिजो सम्पन्न एमाले स्थायी समिती बैठकले पार्टीका नेता माधवकुमार नेपाल समूहले एमाले छोड्ने पुरै तयारी गरेको निष्कर्ष निकालेको छ । नेपाल समूहका नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना कमजोर बनेको निष्कर्ष निकाल्दै पार्टी एकताका लागि गरिएका पहल खेर गएको छलफल बैठकमा भएको थियो । बैठकले नेपाल समुहका केहि नेताहरू फर्किन चाहेको खण्डमा जेठ २ को संरचनामा पार्टी लैजानेबारेमा पनि छलफल भएको र ओलि त्यसमा सकारात्मक देखिएको पनि बताइएको छ ।
हिजोको बैठकमा प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कामको नेतृत्व नेपाल समुहले गरेको, अर्कातिर पार्टी गठनको तयारी गर्न लगाएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता नेपालसहितका केही नेता एमालेमा रहने सम्भावना नभएको समिक्षा भएको थियो ।
पार्टी फुटनजिक पुगेपछि यदी फुटिहालेमा पार्टी बिभाजनको दोष माधब नेपाल समुहलाई लगाउन मिल्ने गरी प्रधानमन्त्री ओलिले आफु पछडी हेटर एमाले २ जेठ २०७५ कै बिन्दुबाट सहमतिसाथ अगाडि बढाउन तयार रहेको छनक बैठकमा दिएका थिए ।
एमालेले विभाजन हुँदा माधब नेपाल पक्षका दोश्रो तहका नेताहरुलाई आफुसगै राख्नेमा पनि ओलि पछिल्लो समय ओलि जोड तोडका साथ लागेका छन । त्यसैका लागी मंगलबार बसेको स्थायी समिति बैठकले माधव नेपाल समुहका थप नेताहरुलाई कारबाही नगरिएको हो ।हिजोको बैठकमा बैठकमा माधव नेपाल बाहेकको एकतामा बल गर्नुपर्नेमा नेताहरुको जोड रहेको थियो । पार्टी बिभजनको दोष नेपाल समुहलाई लगाएर नेपालको पक्षमा रहेर एकताको लागी प्रयासरत दोश्रो पुस्ताका नेताहरुलाई आफुसग राख्ने ओलिको रणनिती छ ।








