जनता समाजवादी पार्टी (जसपा)का दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासनको कारवाहीलाई निर्वाचन आयोगले मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात बुझाउन आदेश दिएको छ ।
यस अघी दुबै अध्यक्षले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको पत्र सोमबार निर्वाचन आयोगमा दर्ता गराएका थिए।आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै उनीहरुले मंगलबार पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको हो ।
यादवलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिमको हेरफेर गर्न नियम २५ बमोजिमको प्रक्रिया पुरा गरेर आउन भनिएको छ भने ठाकुरलाई त्यसका साथै केन्द्रीय सदस्यको हस्ताक्षरसमेत समावेश गर्न भनिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।








