ओलिले बाह्य शक्तिलाई खुशी पार्न महन्थ पक्षलाई १० मन्त्री दिए : भीम रावल



नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले वाह्य शक्तिलाई खुसी पार्न जसपाको महन्थ ठाकुर पक्षलाई १० मन्त्री दिएर सरकारमा सामेल गरेको बताएका छन ।शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यस्तो बताएका हुन ।ओली सरकार कामाछालाउ भइसकेको उल्लेख गर्दै उनले कामचलाउ प्रधानमन्त्रीको यो कार्य गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा भएको तर्क गरेका छन ।

‘प्रम केपीको चरम सत्तालिप्साका कारण उहाँबाट एकपछि अर्को असंवैधानिक र राष्ट्रघाति काम भइरहेको र कुर्सी स्वार्थका लागि अनेकौं कूकार्य हुँदै आएको तथ्यको आधारमा मैले ५ दिन अघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर वाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपाको महन्थ पक्षलाई धुपबत्ती गर्नसक्ने कुरा व्यंगात्मकरूपमा ट्विट गरेको थिएँ । त्यसको जेठ २१ गतेको मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो,’ उनले लेखेका छन् ।

साथै दुईपटक संविधान सभाको निर्वाचन गरी देश र जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको उनले बताए ।

प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार  ७ : ३० बजे