मन्त्रिपरिषद पुनर्गठनले अवैध सत्ता जोगिदैन : गुरुराज घिमिरे



कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्री ओलिले गरेको मन्त्रिपरिषदको पुनर्गठनलाई दुइ अतिबादी धारको मिलन भनेका छन ।उनले वर्तमान सत्ताको अन्त्येष्टिका लागि थपिएको मलामीको बगाल मात्र भएको टिप्पणी गरेका छन ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन ।मन्त्रिमण्डल पुनर्गठन पहाडमा बसेर तराई मधेसलाई गाली गर्ने र तराईमा बसेर पहाडलाई धारेहात लगाउने अतिवादीहरुको हाँस्यास्पद मिलन भएको उनले उल्लेख गरेका छन ।

“मन्त्रिपरिषदको पुनर्गठन वर्तमान सत्ताको अन्त्येष्टिका लागि थपिएको मलामीको बगाल मात्र हो।पहाडमा बसेर तराई मधेसलाई गाली गर्ने र तराईमा बसेर पहाडलाई धारेहात लगाउने अतिवादीहरुको हाँस्यास्पद मिलन हो।” घिमिरेले भनेका छन्,”संविधानलाई कोमामा पुर्याएर, संसद मासेर,राजनीतिक प्रणालीको वद्नाम गराएर अन्तिम सास फेरिरहेको अवैध सत्ता यस मन्त्रिपरिषद पुनर्गठनको एन्टिबायोटिकले जोगिने छैन।”

प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार  १२ : १५ बजे