बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमाथिको सरकारी हस्तक्षेप अस्विकार्य : नेपाली कांग्रेस चितवन



नेपाली कांग्रेस चितवनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सन्चालन गर्न बनेको ऐन ” बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३” लाई सरकारले खल्बल्याउन खोजेको भन्दै आपत्ती प्रकट गरेको छ ।

कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले बिज्ञप्ती जारी गर्दै सरकारले ल्याएको बजेटमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सन्चालन गर्न बनेको ऐन लाई निस्क्रीय पार्ने गरी अर्को ब्यबस्था गर्न लागेको भन्दै आपत्ती जनाएका हुन ।

बिज्ञप्तिमा सरकारले ल्याएको बजेटमा क्यान्सर रोगको अध्ययन अनुसन्धान र उपचार गर्न राष्ट्रीय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी हाल सञ्चालनमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई पनि सोही संस्थान अन्तर्गत सञ्चालन गर्ने सरकारको घोषणा बदनियतपुर्ण भएको बताइएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमाथिको सरकारी हस्तक्षेप अस्विकार्य हुने पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : जेष्ठ २३, २०७८ आइतबार  ८ : १२ बजे