मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मङ्गलबार) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयका अनुसार आज ९मंगलबार० बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने छन् ।

आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले त्यसै दिन विश्वासको मत लिन खोजेको थियो तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य आज को ९मङ्लबारका० लागि सरेको हो ।

सुदूरपश्चिममा नेकपा ९एमाले००को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो । प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ३ : २४ बजे