मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मतका लागि आज सुदूरपश्चिम प्रदेश सभामा आज मतदान भएको थियो । मत विभाजनको प्रक्रियामा नै एमालेको माधव नेपाल पक्षले विश्वको मतको पक्षमा उभिएपछि भट्टको सरकार जोगिएको छ ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै देखिएको छ । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । त्यस्तै कांग्रेसले भने मतदानमा भाग लिएन । काँग्रेसले अवाश्यक परे मत दिने भनेको थियो ।बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी भएनन् ।

विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्ने तथा जनताले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने उनले बताए । प्रदेशसभाको कार्यकाल करिब डेढ वर्ष अझै रहेको प्रस्ट पार्दै उनले यो अवधिमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको परिणामहरू धमाधम आउने दावी गरे ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : १८ बजे