मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाँस्यकलाकार श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, अस्पतालबाट डिस्चार्ज



वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधबार विहान अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल अस्पताल भर्ना हुनुभएको श्रेष्ठको स्वास्थ्यमा सुधार देखिएपछि उहालाई डिस्चार्ज गरिएको हो ।उहाँलाई चिकित्सकले एक महिना आराम गर्न सल्लाह दिनुभएको छ । अहिले स्वास्थ्य अवस्था सामान्य भएकोले डिस्चार्ज गर्दै दुई सातापछि फेरि रेगुलर फलोअपका लागि आउन डाक्टरले बोलाएका छन्।

मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशत बन्द भएको हुनाले उहाँलाई अचानक अत्यधिक मुटु दुखेको थियो । शुक्रबार बेलुका अस्पताल लगिएका उनको शनिबार बिहान एन्जियोप्लास्टि गरेर स्टेन्ट (धातुको ट्युब) राखिएको थियो ।

यो उनको दोस्रोपटक शल्यक्रिया हो । यसअघि, सन् २०१९ को अक्टोबरमा पनि यो शल्यक्रिया गरिएको थियो । मदनकृष्णमा कोरोना भाइरस संक्रमण अझै पनि पोजिटिभ देखिएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  १० : ५० बजे