थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ।
उनलाई थप उपचारका लागि दिल्लीको एपोलो अस्पताल लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । ।खनाललाइ बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको हो।
यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा उपचार गरेर घर फर्किएका थिए । गत सोमबार बिहान ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई पुन: नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।








