बाढी पहिरो पिडितलाई तत्काल राहत प्याकेज घोषणा गर्न नेता सिंहको माग



अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो  क्षति गरिरहेको र जनजीवन कष्टकर बनाएको भन्दै कांग्रेस नेता प्रकाशमान सिंहले बाढी पहिरो प्रभावितका लागि तत्कालै उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

नेता सिंहले उद्धार र राहतमा गम्भीरताका साथ पहल थाल्न सरकारलाई अपिल गरेका छन् ।

‘खोलामा पानीको बहाव बढ्दा मेलम्ची क्षेत्रका धेरै बजार र पक्की पुलहरूमा ठूलो क्षति भएको छ । बाढीका कारण घरबार बिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदछु,’ नेता सिंहले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।

उनले थप क्षति हुन नदिन सरकारलाई तत्काल काम अघि बढाउन समेत आग्रह गरेका छन् ।उनले थप क्षति हुन नदिन सरकारलाई तत्काल काम अघि बढाउन समेत आग्रह गरेका छन्। नेता सिंहले तत्काल राहतको प्याकेज घोषणा, घाइतेहरुको उपचार, विस्थापितको व्यस्थापन कुनै कसुर बाँकी नराख्न सरकारसँग अपिलसमेत गरेका छन्।

प्रकाशित मिति : असार २, २०७८ बुधबार  ५ : ०९ बजे