कांग्रेस नेता कर्मा घले र पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले मनाङ जिल्लाका बढि प्रभाबित स्थानियहरुलाइ अत्यावश्यक राहत सामाग्री बितरण सगै जिल्लामा उद्दार अभियान सञ्चालन गरेका छन।
बाढिका कारण सडक र यातायात अबरुद्द भएको मनाङ जिल्लामा हेलिकप्टर मार्फत चामल , दाल, खानेतेल,नुन, चाउचाउ , बिस्कुट , ब्ल्यांग्केट , औषधि, पाल लगायतका अत्यावश्यक राहत सामाग्री जिल्लामा पुर्याएर प्रभाबित स्थानियहरुलाइ बितरण गरिएको हो।
काठमाण्डौबाट एक ट्रीप र बेसिसहरबाट दुइ ट्रीप राहत सामाग्री हेलिकप्टरबाट मानाङ पुर्याइएको कांग्रेस नेता कर्मा घलेले जानकारि दिए।तेस्तै बाढिका कारण एक वडाबाट अर्को वडामा जान नसकेर फसेका दर्जनौ स्थानियहरुलाइ हेलिकप्टरबाट उद्दार गरिएको छ भने जिल्लाको नासो गाउपालिकाका २ जनालाइ काठमाण्डौ ल्याइएको छ।

अत्याधिक बर्षापछिको बढिका कारण सडक र यातायात अबरुद्द भएकोले मनाङ जिल्लामा खाधान्न अभाब हुन थालेकोले तत्कालका लागि अत्यावश्यक खाधान्न पुर्याइएको र खाधान्न अभाब लगायतका समस्यामा रहेका स्थानियहरुलाइ सहयोग गर्न जिल्लाको पार्टि संयन्त्र परिचालन गरिएको नेता घलेले जानकारि दिए।
खाधान्न अभाब हुन सक्ने अवस्थालाइ मध्यनजर गर्दै गर्दै जिल्लामा थप तयारि गरिएको र अवाश्यकता अनुसार थप सामाग्री जिल्ला पुर्याइने पनि नेता घलेले जानकारि दिए।








