जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी पेश गरेको छ ।यादवसँगै अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू हस्ताक्षरसहित आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेका हुन् ।
आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।उपेन्द्र–बाबुराम पक्षले केन्द्रीय कार्यकारिणीका बहुमत सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको हो ।
जसपामा लामो समयदेखि उपेन्द्र–बाबुराम पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद जारी छ । दुवै पक्षले एकअर्कालाई कारबाही गर्दै आएका छन् ।










