पार्टिको आसन्न १४औं महाधिवेशनमा पुन: सभापति बन्न कसरत थालेका कांग्रेस सभापति शेरबहादुर देउवा समुहबाट उपसभापति बिमलेन्द्र निधिले पनि सभापतिको दाबि गरेका छन। पार्टीको आगामी १६ देखि १९ भदौसम्म हुने १४औं महाधिवेशनमा फेरि एक पटक आफू सभापतिको उम्मेदवारका रुपमा मैदानमा उत्रने आन्तरिक उद्घोषसमेत गरेका सभापति देउबाले बोलाएको छलफलमा सभापतिको रुपमा बर्तमान उपसभापति बिमलेन्द्र निधिले पनि सभापतिमा दाबि गरेका हुन।
सभापति देउवाले प्रत्येक प्रदेशका नेताहरुसग छलफल गर्ने क्रममा प्रदेश नं २ का काँग्रेस नेताहरुको बैठक बोलाएका थिए। देउबाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएको बैठकमा देउबाले अब महाधिवेशन निर्धारित मितिमा नै हुने र एक पटक पुनः अफु सभापतिमा उठ्णे सन्देश महाधिवेशन प्रतिनिसिमक्ष पुर्याइदिन नेताहरुलाइ आग्रह गरेका थिए।
देउबाको आग्रह पछि उपसभापति निदिले गत वर्ष नै हुने भनिएको काँग्रेसको महाधिवेशनमा नै आफू सभापति उठ्ने प्रचार गरिसकेको जनाउ दिदै आफुलाइ सभापतिमा सहयोग् गर्न देउबालाइ आग्रह गरे। उनको भनाई उद्धृत गर्दै एकजना निधि निकट नेताले भने, होइन यसपालि म उठ्छु मलाई तपाइँको सहयोग चाहिन्छ, तपाईँ प्रधानमन्त्री हुनुहोला म पूरै सहयोग गर्नेछु ।
निधीको सो आग्रहपछि देउवाले भने ‘महाधिवेशनमा जो पनि उठ्न पाउँछ, उठ्नुस्’ भन्दै असहज जवाफ दिएका थिए । गत वर्ष पनि निधिले एक्कासी सभापतिमा आफू उठ्ने भन्दै देउवालाई सघाउन आग्रह गरेका थिए ।छलफलमा देउवाले एकचोटिलाई सभापतिमा आफूलाई समर्थन गर्न निधिसँग आग्रह गरे पनि निधिले आफ्नो अडान नछाडेको बताइएको छ।
भदौ १६–१९ मा महाधिवेशन गर्ने कार्यतालिका पारित भएपछि देउवाले प्रदेशका नेताहरुसँग परामर्श थालेका छन् । शनिबार उनले प्रदेश १ र २ का नेताहरुसँग बेग्लाबेग्लै छलफल गरे ।बाकि रहेका प्रदेशका नेताहरुसग पनि देउबाले छिट्टै छलफल गर्ने भएका छन।








