मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तस्करहरुको घेराबन्दी र कमिसनको सेटिङमा प्रदेश सरकार : प्रमुख सचेतक कार्की



प्रदेश नम्बर १ का मन्त्रीहरुनै कमिसनको सेटिङमा लिप्त भएपछि प्रदेश फेलियर हुदै गएको नेपाली कांग्रेस प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले बताउनुभएको छ । आज नेपा प्रेस युनियन ओखलढुंगाले गरेको पत्रकार सम्मेलनमा कार्कीले यस्तो बताउनुभएको हो ।

प्रदेश सरकार तस्करहरुको घेराभित्ररहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामाग्री, औषधि, भ्याक्सीन देखि कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा फसेको प्रमुख प्रतिपक्ष दलका सचेतक कार्कीले आरोप लगाउनुभयो । प्रदेश नम्बर एक आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातिय तथा भाषिक हिसावले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भएपनि सरकारको कार्यशैलिका कारण सबैभन्दा पछि परेको वाहाको भनाइ छ ।

आफ्नै पार्टी भित्रका अर्को समुहका वा मन नपर्नेहरुलाई पाखा लगाएर भित्रीयाहरुको चलखेलमा सबै काम गर्ने गरेको भन्दै नेपाली जनताले लडेर ल्याएको गणतन्त्रमा मुख्यमन्त्रीनै शाशक बन्न थालेको वातउनुभयो । १ नम्बर प्रदेश सरकारले शासकिय शैलिमा मुख्यमन्त्रीका नाममा कार्यक्रमहरु ल्ययाउने र निकटका कार्यकर्ताको भरपोषणमा केन्द्रीत हुने बाहेक केही काम गर्न नसकेको वाहाको आरोप छ । प्रदेश सरकारले निति कार्यक्रममा समेत भैसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लाएजस्तोगरी कुनै क्षेत्रको काम गर्न नसक्ने बजेट ल्याएको कार्कीको तर्क छ ।

प्रदेश नम्त्रर १ का भौतिक पूर्वाधार मन्त्री आफ्नो वडामा अल्मलिएको भन्दै कार्कीले मन्त्रीले प्रदेशभित्र अरु जिल्ला र आफ्नै जिल्लामा समेत अन्य स्थानीय तह तथा वडाहरु छन भन्ने समेत हेक्का नराखेको पाइएको बताउनुभयो । प्रदेशका मन्त्रीहरु आफ्नै वडाहरुमा अल्मलिनेहो भने त्यस्ता मन्त्रीले सिंगो प्रदेशको नेतृत्व गर्न नसक्ने भएकाले उनिहरुलाई वडा अध्यक्ष मात्रै भएर बस्न समेत सुझाव दिनुभयो । अहिले सम्म प्रदेशको नामाकरण गर्न नसकेको सरकारले प्रदेशका जनताको भावना बुझनु नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुने कार्कीले ठोकुवा गर्नुभयो ।

फरक प्रसंगमा वाहाले भदौं १९ सम्ममा नेपाली कांग्रेसको चौधौ महाधिवेशन अनिवार्य गर्नु पर्ने बताउनुभयो । महाधिवेशनको विकल्प महाधिवेशन नै भएकाले कांग्रेसको शाख बचाउनकालागि वडा देखि केन्द्र सम्मका नेता कार्यकर्ताहरुले महाधिवेशनको पक्षमा एक भएर आवाज उठाउनु पर्ने नेता कार्कीले विचार व्यक्त गर्नुभयो । पार्टीको महाधिवेशन हुन सकेन भने डेट एक्पायर औषधिको जस्तै कांग्रेस पार्टीको ब्रण्ड सकिने चिन्ता आम कार्यकर्ताले लिनु पर्ने वाहाको धारण थियो । एकछाक खानका लागि पेटसंँग पार्टी साटेनेहरुसंग होसियार रहेर लोकतन्त्र र पर्टीलाई शसक्त बनाउन लागि कार्यकर्ताहरुले कुनै दाइको दिदीको नबनी स्वविवेक निर्णय गर्ने क्षमता राख्न सबैलाई अनुरोध समेत गर्नुभयो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ०८ बजे