बानेश्वरमा शशांक, प्रकाशमान, र विमलेन्द्रको ‘लञ्च’ मिटिङ



नेपाली कांग्रेसको १४ औ महाधिवेशनको सरगर्मि शुरु भएको छ। महाधिवेशनको सरगर्मि शुरु भएसगै सभापतिका दाबेदार नेताहरुले छलफल र भेटघाट तिब्र बनाउन थालेका छन।

१४ औ महाधिवेशनको सरगर्मिकै बिच् सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ । सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए ।

निधि निबास मध्यबानेश्वरमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी छन। उनिहरुबिच  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन लगायत समसामयिक बिषयमा कुरा भएको थियो ।

कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र तीनै जना सभापतिका आकांक्षी हुन् । आजको भेटमा सकेसम्म सर्बसम्मत नेतृत्व छान्ने बिषयमा कुराकानि भएको र भेटघाटलाइ निरन्तरता दिन तिनै नेता सहमत भएको बताइएको छ।

सभापति शेरबहादुर देउबाले पनि बिभिन्न प्रदेशका नेता तथा कार्यकर्ताहरु संग आसन्न महाधिबेशनमा आफू फेरी सभापतिको उम्मेदबार रहने भन्दै सहयोगको लागि आग्रह गरिरहेका छन।

 

प्रकाशित मिति : असार ७, २०७८ सोमबार  ३ : १७ बजे