सुनील थापा समूहलाई काँग्रेसले दियो ५५ जना महासमिति सदस्य (नामावलीसहित)



नेपाली कांग्रेसमा राप्रपाबाट पार्टीमा समाहित भएको सुनिलबहादुर थापाको समूहलाइ कांग्रेसले ५५ जना महासमिति सदस्य दिएको छ। केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तर पार्टी समायोजन समितिले थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो ।

थपिएका महासमिति सदस्यमा अधिकांश मोरङका छन् भने अन्यमा धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललितपुर, झापा, कपिलवस्तु, रामेछापलगायतका जिल्लाका नेता छन् ।समायोजनमा परेका थापा समूहका ४५ जनाले भने १४ औं महाधिवेशनको प्रतिनिधि हुने भएकाले वडाबाट चुनाव जितेर आउनुपर्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

 

प्रकाशित मिति : असार ८, २०७८ मंगलबार  २ : ४३ बजे