इजलासमा गोविन्द बन्दीको तर्क : राष्ट्रपतिले नाइँ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भन्न मिल्छ?



सर्वोच्च अदालतमा आजबाट शुरु भएको प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि बहस चलिरहेको छ।आजको बहसमा रिट निवेदकका तर्फबाट गोविन्द बन्दीले बहस गर्दै विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गरेका छन् ।

रास्ट्रपतिले संविधानभन्दा बाहिर गएर कदम चलेको उनको तर्क छ। बहसको क्रममा उनले भने “प्रधानमन्त्रीमा देउवाको दाबी अस्वीकृत गर्दा राष्ट्रपतिको कार्यालयले दोहोरो हस्ताक्षर पर्यो, नाम दोहोरियो, दलको निर्णय विपरीत हस्ताक्षर गरेको उल्लेख गरेको भन्दै वरिष्ठ अधिवक्ता बन्दीले भने, ‘बहुमत १३६ हो । १४९ सांसद हस्ताक्षर छ । १४६ त अदालत आउनुभएको छ । यो भन्दा बलियो आधार के चाहियो?”

उनले थप “भने ऐनले कुन पनि सांसदलाई कारबाही गर्ने र दल त्याग गरेको ठहर्न केन्द्रीय समितिको बहुमतबाट निर्णय हुनुपर्छ । माधव नेपालको बहुमत पुग्दैन भनेर उहाँले भन्ने हो? परीक्षण कहाँ भएको छ? दृढ बच्चाजस्तै राष्ट्रपतिले नाइँ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भन्नुभयो ।”

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  १ : ३१ बजे