संवैधानिक इजलासमा शुक्रबारको बहस सकियो, रिट निवेदक पक्षले आईतबार पनि बहस गर्ने



प्रतिनिधिसभा विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको छ ।शुक्रबार ईजलासमा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गर्नुभएको थियो ।

रिट निवेदकहरुलाई तोकिएको १२ घण्टाको समयावधी अझै २ घण्टा ३५ मिनेट बाँकी रहेका कारण आईतबार रिट निवेदकका तर्फबाट बहस हुनेछ । शुक्रबार ईजलास स्थगित हुनु अघि प्रधानन्याधीस चोलेन्द्र शम्शेर जबराले रिट निवेदक कानून व्यवसायीलाई २ घण्टा ३५ मिनेट बाकी रहेको जानकारी गराउनु भएको थियो ।

रिट निवेदकका तर्फबाट आईतबार बहस सकिएपछि सरकारी पक्षका कानु्न व्यवयायीहरुले बहस गर्ने छन् ।

प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार  ३ : ४४ बजे