अभिनेता पल शाह ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित भएका छन् ।कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले उनलाई सम्मान गरेको हो ।
कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा सक्रिय अभिनेता शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको हो ।सोमबार काठमाडौंमा आयोजित सहयोग कार्यक्रममा उनलाई प्रदान गरिएको सम्मान लिन पल भने उनी अनुपस्थित थिए ।राहतकै लागि उपत्यका बाहिर रहेको कारण सम्मान लिन उनी अनुपस्थित भएका हुन्