ओली र नेपालबिच टेलिफोनमा कुराकानी : देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिने नेपालले गराए जानकारी



एमाले नेता माधब नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नहुने स्पस्ट पारेका छन ।पार्टी अध्यक्ष एबम प्रधानमन्त्री केपी ओलीले हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि माधव नेपालले आफूनिकट सांसदहरुसँग छलफल गर्दै हस्ताक्षर फिर्ता नहुने स्पस्ट पारेका हुन ।

नेता नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग शनिबार छलफल गरे ।जुम मार्फता गरिएको बैठकमा सहभागी सबैले कुनै पनि हालतमा देउवालाई दिएको समर्थन फिर्ता लिन नहुने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसैबिच शनिबार दिउँसो नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीबिच टेलिफोना कुराकानी भएको छ ।टेलिफोन कुराकानीमा नेता नेपालले आवश्यक सल्लाह र परामर्श बिना राखिएको बैठक रोक्न सुझाव दिएका छन।

ओलीसगको टेलिफोन कुराकानीमा पनि नेता नेपालाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नहुने स्पस्ट पारेका छन ।पार्टी एकता गर्नेनै भए एकता टुंग्याउन कार्यदल सक्रिय बनाउनुपर्ने नेता नेपालले प्रस्ताव राखेका छन् ।

 

प्रकाशित मिति : असार १९, २०७८ शनिबार  ४ : ३५ बजे