मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ प्रदेशसभा बैठक स्थगित



प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १६ औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरु भएको बैठकमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गर्नुभएको हो ।

प्रदेशसभाको अर्को बैठक असार २१ गते सोमबार दिउँसो २ बजे बस्ने छ । आजको बैठकमा प्रदेशसभा नियावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : २७ बजे