पूर्व प्रधानमन्त्री एबम माओबादी अध्यक्ष प्रचण्डले सर्वोच्चबाट संसद पुन:स्थापना हुने विश्वास व्यक्त गरेका छन ।निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले सर्वोच्चले संसद पुन:स्थापना मात्र नभई १ सय ४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने आफूहरुलाई विश्वास रहेको बताएका हुन।
‘संसद पुनर्स्थापना नभए संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजीर स्थापित हुन्छ’ प्रचण्डले संचारकर्मीसँग भने, ‘त्यस्तो कल्पनासम्म गर्न सक्दिनँ ।’उनले संविधानको मर्म र भावना अनुसार संसद पुन:स्थापनाको विकल्प नरहेको बताए।प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश बन्न खोजेको आरोप लगाउदै ओलिले अदालतलाई दवाब दिन खोजेको जिकिरा गरे ।










