११ जनालाई गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान प्रदान गरिने



गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ । गणेशमान सिंह फाउण्डेशनले विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान विसं २०४६ मा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिनुभएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो ।

फाउण्डेशनले प्रजातन्त्र सेनानी सम्मान चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व अरविन्द ठाकुर, स्व सूर्यप्रसाद रेग्मी, स्व गिरिराजकुमारी प्रसाईँ, श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य, रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गरिएकाेछ ।

सम्मानित सबैलाई कांग्रेसका पूर्वमहामन्त्री तथा गणेशमान सिह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले प्रमाणपत्र, दोसल्ला र नगद रु २५ हजारद्वारा सम्मान गर्नुभएको छ ।

प्रकाशित मिति : असार २३, २०७८ बुधबार  १२ : १० बजे