नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सम्पन्न भएको छ ।सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको बैठक केहीबेर अघिमात्र सम्पन्न भएको हो ।
आजको छलफल निश्कर्षउन्मुख रहेको वार्तामा सहभागी एक नेताले जानकारी दिए ।नेपाल पक्षले राखेका माग पूरा गर्नको लागि अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेपछि विवाद समाधनतर्फ उन्मुख भएको बताइएको छ ।
बैठकपछि प्रतिक्रिया दिँदै माधव पक्षका नेता गोकर्ण विष्टले अविश्वासको खाडल पुरिँदै गएको बताए । ‘अविश्वासको खाडल पुरिँदैछ, सहमति नजिक छाँै,’ उनले भने, ‘सम्भवतः भोलि बसेर टुंग्याउछौँ ।’
आजको बैठकमा नेताहरुबीच समस्या समाधानको लागि सुक्ष्म रुपमा छलफल भएको र भोलि बैठक बसेर सहमति गरिने स्रोतले बताएको छ ।
पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनेमा सहमति हुने बुझिएको छ ।यस्तै माओवादी केन्द्र छाडेर एमालेमा समाहित भएका नेतालाई व्यवस्थापन गर्ने विषयमा पनि सहमति नजिक पुगिएको बताइएको छ ।








